बिराटनगर सिद्धार्थ चोकमा बिगत ८ दिन अघि सडक छेउको खाल्डोमा पसेको गाईको बच्चालाई आज ८ दिन पछी निकालिएको छ । स्थानीयवासीको प्रयासमा उक्त गाईको बच्चालाई खाल्डोबाट निकालिएको घटनास्थलबाट हाम्रा सहकर्मी सुशील शाहले जानकारी दिए । सडक छेउमा नै रहेको खाल्डोमा उक्त माथि बाट फोहरको थुप्रो थुपारिएको थियो । बिराटनगरमा यस्ता खाल्डा धेरै रहेको र आज गाई भोलि मानिस या बालबालिका नै फस्न सक्ने भन्दै स्थानीयवासीले आवर बिराटनगर मार्फत संबन्धित निकायलाई ध्यानाकर्षण गराउन आग्रह समेत गरेका थिए ।