महोत्तरीमा डेंगु रोकथामका लागि अभियान

महोत्तरीमा डेंगु रोकथामका लागि अभियान

महोत्तरी । यसजिल्लामा एकसाथ ३९ जनामा डेंगु रोग फेला परेपछि यसको संक्रमण रोक्न जिल्ला जनस्वास्थ्य कार्यालयले बुधबारदेखि अभियान थालेको छ । सर्च एण्ड डिस्ट्रोय भनिने यो कार्यक्रम जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरी, स्थानीय तह, प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी सम्मिलित टोलीले सञ्चालन गरेको हो ।

जनस्वास्थ्य कार्यालयका प्रमुख डा नागेन्द्र यादवले दिएको जानकारी अनुसार डेंगु नियन्त्रणका लागि बजार क्षेत्रमा पानी राख्ने भाँडा र ट्यांकीको नियमित रुपमा सफा गर्ने, फोहर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाइ रहे नरहेको हेरी नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएको छ ।

बर्दिवास नगरपालिकामा ३९ जनामा डेंगु रोग देखापरेको छ । डेंगु फैलाउने लामखुट्टे र त्यसको लार्भा मार्न प्रभावित क्षेत्रमा औषधि छर्नेदेखि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्