झापामा भारतीय पिकअपले लियो नेपालीको ज्यान

झापामा भारतीय पिकअपले लियो नेपालीको ज्यान

झापा, असोज १९, झापाको कमल गाउँपालिका-५ साबित्रा चोकमा विहीबार भारतीय नम्बरको पिकअपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।

पश्चिमबाट पूर्वतर्फ जादै गरेको एस के ०१ जे १७७० नम्बरको पिकअपले मर्निङ वाकमा हिडेका कमल गाउँपालिका-५ आइतबारे बस्ने ४५ बर्षिय खेम चौलागाइलाई विहान ४ बजे ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा ४;२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। पिकअप र चालक प्रहरीको नियन्त्रणमा छन्।

यता मोरङको पथरी-शनिश्चरे नगरपालीका-२ हरीयाली वनकार्यालय अगाडी भारतीय नम्बर एच र ३३ ई ५७१५ नम्बरको ट्रकले को १७ प ९३१ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक पथरी-शनिश्चरे नगरपालीका-२ बस्ने ४५ बर्षिय बिर कुमार राई घाइते भएका छन्।

घाइते राईको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने ट्रकका चालक फरार रहेकाले खोजी भइरेहको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्