अशोक राई खोटाङबाट प्रत्यक्ष उम्मेदवार

अशोक राई खोटाङबाट प्रत्यक्ष उम्मेदवार

संघीय समाजवादी फोरम खोटाङले आसन्न प्रतिनिधि सभा चुनावका लागि वरिष्ठ नेता अशोक राईलाई उम्मेदवार सिफारिस गरेको छ ।

आगामी मंसिर १० गते र २१ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवार छान्न मंगलबार दिक्तेलमा बसेको संघीय समाजवादी फोरमको विस्तारित बैठकले वरिष्ठ नेता राईलाई प्रतिनिधिसभाको चुनावमा खोटाङबाट प्रत्यक्ष उम्मेदवारका रुपमा उठाउने निर्णय गरेको हो ।

प्रतिनिधि सभा चुनावका लागि वरिष्ठ नेता राईसहित रमेश राई शरणकुमारको नाम पनि उम्मेदवारका रुपमा सिफारिस गरिएको पार्टीका उपाध्यक्ष टंक थापाले बताउनुभयो । संघीय समाजवादी फोरमले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ भने ६ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि भगवान चामलीङ, माधवराज राई, बयानसिं राई, नैनबहादुर कट्वाल, अञ्जना राई र लालबहादुर विश्वकर्माको नाम समानुपातिकतर्फ सिफारिस भएका छन् ।

प्रदेशसभाको चुनावका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा नविन राई, विवेक राई, राकेश राई र कर्णबहादुर खत्रीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ भने डिबी सरोज, सिद्धिकुमार राई, नयनकुमार राई, कमानसिं राई, तेजमायाँ दुमी र दिपक तामाङको नाम पठाइएको संघीय समाजवादी फोरमले जनाएको छ ।

प्रदेशसभाका लागि क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा देवराज राई, टंकबहादुर थापा र विजेन्द्र राई तथा समानुपातिकतर्फ प्रेम राई, मदन राई, दलबहादुर मगर, मधुकर राई, टंकमाया मुग्राती र आशा राईको नाम सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्