कांग्रेसले पनि बनायो ६ दलको गठबन्धन , आज देखी छलफल गर्ने

कांग्रेसले पनि बनायो ६ दलको गठबन्धन , आज देखी छलफल गर्ने

काठमाडौं, असोज १९ – प्रदेश र प्रतिनिधिसभा चुनावका लागि कांग्रेसको नेतृत्वमा गठबन्धन बनाउने निर्णय गरेका ६ दलले बिहीबारदेखि थप छलफल अघि बढाउने भएका छन् । कार्यदलमा बस्ने सदस्यको नाम टुंगो लगाएर ९ बजे कार्यदलको बैठक बस्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

बुधबार बसेको ६ दलको बैठकले कांगेसबाट दुईजना र अरु दलबाट एक एकजना गरी सात सदस्यीय कार्यदल बनाउने सहमति गरेपनि कार्यदलको सदस्यको नाम टुंगो लागेको छैन । नाम टुंग्याएर थप रणनीति बनाउने विषयमा छलफल थालिने कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

गठबन्धनको टुंगो लागिसकेपछि सरकार पुनर्गठनका बारेमा पनि छलफल गर्ने तयारी रहेको दलहरुले बताएका छन् । कांग्रेसको नेतृत्वमा संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा र राप्रपा प्रजातान्त्रिकले लोकतान्त्रिक गठबन्धन बनाएर आउँदो मंसिरमा हुने चुनावमा जाने निर्णय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्