दाजुको खुकुरी प्रहारबाट भाइ घाइते

<span class='c1'>दाजुको खुकुरी प्रहारबाट</span> <span class='c2'>भाइ घाइते</span>

झापा, असोज २०, झापाको गौरादह नगरपालिका-९ बैगुन्धुरा बस्ने ५७ बर्षिय कैलाश भुजेल विहीबार आफ्नै दाजुको खुकुरी प्रहारबाट घाइते भएका छन्।

उनलाई घरायसी विवाद हुदा दाजु ६६ बर्षिय डिक बहादुर भुजेलले बेलुका १० बजेतिर खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट शरिरको विभिन्न भागमा चोट लागेका भाइको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको छ भने दाजु फरार रहेकाले खोजी भइरेहको प्रहरी चौकी कुन्जीबारीले जनाएको छ।

त्यस्तै मोरङको पथरी-शनिश्चरे नगरपालिका-३ कल्याण चोक बस्ने ४६ बर्षिय पूर्ण कुमार चेम्जुङ विहीबार कुटपिटबाट घाइते भएका छन्। उनलाई बेलुका ९ बजेतिर आफ्नै घरमा बसिरहेको अवस्थामा सोही ठाउँका कटन बहादुर तुम्बापोको छोरा अन्दाजी २२ बर्षिय कान्छा तुम्बापोले चिर्पटले टाउँकोमा प्रहार गरेका थिए।

चिर्पट प्रहारबाट घाइते चेम्जुङको न्युरो अस्पताल विराटनागरमा उपचार भइरेहको छ भने चिर्पट प्रहार गर्ने कान्छा फरार रहेकाले खोजी भइरहेजको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्