धरानमा बसको ठक्करबाट भाईको मृत्यु दाजु घाईते

<span class='c1'>धरानमा बसको ठक्करबाट भाईको</span> <span class='c2'>मृत्यु दाजु घाईते</span>

सुनसरी, असोज २२ . सुनसरीको धरान उप-महानगरपालिका ८ स्थित तीनकुनेमा शनिबार दिउँसो बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ।

धरानबाट भद्रपुरतर्फ जाँदै गरेको को १ ख ३१८८ नम्बरको गुराँस यातायात बसले ईटहरीबाट धरानतर्फ जाँदै गरेको मे ८ प ७४३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाईकलमा सवार चालक पाँचथर तुमेवा गाउँपालिका १ मौवा बस्ने नबिन थापा र पछाडी सवार निजको भाई बर्ष-११ को रुपक थापा घाईते भएका थिए।

गम्भीर घाईते दुबै जनालाई उपचारकालागी वि.पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा रुपक थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

ठक्कर दिने बस र चालकलाई प्रहरी चौकी तरहराको नियन्त्रणमा राखिएको छ।

त्यस्तै इटहरी उप-महानगेपालिका ९ बि.पी. चौकमा शनिबार राती मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ४ प ८७६५ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक रामधुनीभाषी नगरपालिका ८ बस्ने बर्ष ३० को राज चौधरी घाईते भएका हुन्।

दुर्घटनामा परी गम्भीर घाईते उनलाई उपचारकालागी गोल्डेन हस्पिटल बिराटनगरमा लगिएकोमा उपचारको क्रममा आज राती सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्