झापामा प्रमुख दलहरूले उम्मेदवारहरूको टुङ्गो लगाए (सुची सहित)

झापामा प्रमुख दलहरूले उम्मेदवारहरूको टुङ्गो लगाए (सुची सहित)

बिर्तामोड, असोज २२ गते ।   केन्द्रमा एकीकरणको अभ्यास भइरहेका बेला झापामा प्रमुख दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आ–आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारको चयन गरी केन्द्रमा सिफारिस गरेका हुन् । यसक्रममा प्रतिनिधिसभा निर्वाचनका लागि काँग्रेसले झापाका तीनवटा निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ भने अन्य दुईवटा क्षेत्रमा दुईभन्दा बढीको नाम पठाएको छ ।

जस अनुसार क्षेत्र नं. १ बाट विश्वप्रकाश शर्मा, ३ बाट कृष्णप्रसाद सिटौला र ४ बाट देउमान थेबेलाई  सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । क्षेत्र नं. २ बाट भने उद्धव थापा, सरिता प्रसाई, सुधिरकुमार शिवाकोटी र राजेश खड्काको नाम पठाइएको छ भने क्षेत्र नं. ५ बाट केशवकुमार बुढाथोकी, डा. खगेन्द्र अधिकारी र मेनुका बुढाथोकीको नाम सिफारिस भएको छ ।

त्यस्त,ै प्रदेशसभा निर्वाचनका लागि दसवटा पदमा २६ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ को १ मा खड्गप्रसाद प्रसाई र क्षेत्र नं. ४ को २ मा उत्तम सुवेदीको नाम मात्र सर्वसम्मत भएको छ । क्षेत्र नं. १ को १ मा रामबहादुर कट्टेल, केशवराज पाण्डे र उषा गुरुङ, १ को २ मा अशोककुमार पोखरेल, प्रेम सम्बाहाम्फे र झुनादेवी बानिया, क्षेत्र नं. २ को २ मा लक्ष्मण खडका, अमृतलाल राजवंशी र जलकुमार गुरुङ, क्षेत्र नं. ३ को १ मा भूमिप्रसाद राजवंशी, तिलकसिंह पाण्डे र शर्मिला अधिकारी, ३ को २ मा भगिरथ पोद्धार, नवीन विमली र उमाराम प्रसाईको नाम पठाइएको छ ।
त्यस्तै क्षेत्र नं. ४ को १ मा किरण भट्टराई, भक्तिप्रसाद सिटौला र सन्तोषकुमार मेन्याङबो, क्षेत्र नं. ५ को १ मा दिलबहादुर बुढाथोकी, राजन ढुङ्गाना र भूमि राई तथा ५ को २ मा यादवराज सेढाई, अनिल प्रसाई र घनश्याम रिजालको नाम सिफारिस गरिएको क्षेत्रीय समितिहरूले जनाएका छन् ।
त्यस्तै, नेकपा एमाले झापाले  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । झापाका पाँचवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा  निर्वाचनका लागि सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिनुभयो । झापा क्षेत्र नं. १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं. २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं. ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नं. ४ बाट लालप्रसाद (एलपी) साँवा र क्षेत्र नं. ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।

त्यस्तै, प्रदेशसभा निर्वाचनका लागि दस पदमा ३८ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ को १ मा एकराज कार्की र क्षेत्र नं. ३ को १ मा वसन्त बानियाँको नाम मात्र सर्वसम्मत सिफारिस गरिएको छ । त्यसबाहेक एउटा पदका लागि तीनभन्दा बढीको नाम पठाइएको छ ।
जस अनुसार क्षेत्र नं. १ को १ मा श्रीप्रसाद मैनाली, देवकुमार राई र सविता दाहाल, १ को २ मा हरिचरण बानियाँ, घनश्याम अधिकारी र सविता भण्डारी, क्षेत्र नं. २ को २ मा बीर्ख प्रधान, भाष्कर काफ्ले र देवीमाया भट्टराई, क्षेत्र नं. ३ को २ मा हरि राजवंशी, नारायण पोखरेल, वेदराज रेग्मी, पदम थापा र धनकेशर बस्नेतको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, क्षेत्र नं. ४ को १ मा राधाकृष्ण खनाल, कैलाश मास्के, कमल लामिछाने, टङ्क ढुङ्गेल, तुलसी मैनाली र राजीव घिमिरे, ४ को २ मा हीरा थापा, रङ्गलाल दाहाल र गोमा ल्वागुन तथा क्षेत्र नं. ५ को १ मा अर्जुन राई, होमबहादुर थापा, सुमित्रा भण्डारी, राजेन्द्र दाहाल, इन्द्र बुढाथोकी, इन्द्र भण्डारी र अम्बिका खनाल, ५ को २ मा गोविन्द थापा, हिक्मत कार्की र मीना ढकाललाई उम्मेदवारका रूपमा नाम सिफारिस गरिएको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले पनि जिल्लाबाट उम्मेदवारको  नाम सिफारिस गरेको छ । उसले प्रतिनिधिसभा चुनावका लागि क्षेत्र नं. १ बाट बोधराज दाहाल र प्रकाश भण्डारी, २ बाट  सुरेन्द्रकुमार कार्की, ३ बाट धर्मशीला चापागाई, मोहन टुडु र मेघप्रसाद रेग्मी, ४ बाट झलकसिंह दर्लामी र मणिकुमार साम्पाङ, ५ बाट रेवतराज पुरी (गगन) र राधिका ओझा सुवेदीलाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।

यस्तै, प्रदेशसभातर्फ क्षेत्र नं. १ को १ बाट माधव अर्याल, ज्ञानेन्द्र घिमिरे र भेषराज काफ्ले, १ को २ बाट नरेन्द्र मेचे, राजन चिमरिया र प्रकाश भण्डारीे, क्षेत्र नं. २ को १ बाट ज्योतिसिंह दर्लामी र अरुण श्रेष्ठ,  २ को २ बाट दीपेन्द्र लम्साल, ताराप्रसाद उपाध्याय, दुर्गा प्रसाई र विनोद मोक्तान, क्षेत्र नं. ३ को १ बाट डिल्ली घिमिरे र पुकार राजवंशी, ३ को २ बाट पूजा खनाल, पूर्णसिंह राजवंशी, देवेन्द्र चौलागाई र  भानु दङ्गाल , क्षेत्र नं. ४ को १ बाट ढुण्डीराज गुरागाई र रामबहादुर राई, ४ को २ बाट धनप्रसाद बुढाथोकी, गोपाल प्रसाई र रुद्र बजगाई तथा क्षेत्र नं. ५ को १ बाट सीताराम अधिकारी र ५ को २ बाट वीरेन्द्र बस्नेतलाई उम्मेदवार बनाउने सिफारिस गरिएको छ ।

यसैबीच माओवादी केन्द्रले समानुपातिकतर्फका उम्मेदवारहरूको पनि टुङ्गो लगाएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ क्षेत्र नं. १ मा श्यामवीर लिम्बू र कर्ण अर्याल, क्षेत्र नं. २ मा सीता खडका, कीर्तिकुमार राजवंशी, सुनीता तामाङ र लक्ष्मीदेवी न्यौपाने, क्षेत्र नं. ३ मा शिवकुमार राजभण्डारी र नरपति चापागाई, क्षेत्र नं. ४ मा झलकसिंह दर्लामी र गणेश नेपाली तथा क्षेत्र नं. ५ मा जितमान राई, दुर्गाप्रसाद चौलागाई र गणेश धिमाल सिफारिस हुनुभएको छ ।
त्यस्तै प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं. १ को १ मा सी.बी. मगर र बिचारी मग्रान्ति, १ को २ मा सूर्यबहादुर विक, मुकुलचन्द्र राजवंशी र बाबुलाल सुब्बा, क्षेत्र नं. २ को १ मा सीता सापकोटा र निर्मला खतिवडा, २ को २ मा खड्ग कन्दङवा, छत्र तिम्सिना र यानुकुमारी गौतम, क्षेत्र नं. ३ को १ मा भगिरथा अधिकारी, बुद्धि नेपाल र राधाकृष्ण घोष, ३ को २ मा लक्ष्मी राजवंशी र सौतलाल मेचेको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, क्षेत्र नं. ४ को १ मा कल्पना कार्की, विद्यानन्द राजवंशी र काचाली ताजपुरिया, ४ को २ मा शारदा पाठक र नगेन्द्र पौडेल, क्षेत्र नं. ५ को १ मा वन्दना झागड, हुकुमबहादुर नेपाली र पुष्प ढकाल, ५ को २ मा सुमित्रा वाङदेल र डम्बर पुलामीको नाम पठाएको माओवादी पार्टी कार्यालयका कार्यालय सचिव चुरेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी, एमालेमा समानुपातिक उम्मेदवार बन्न दुई सयभन्दा बढी आकाङ्क्षी देखिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा गरी १५ वटा समानुपातिक पदका लागि त्यति धेरै आकाङ्क्षी देखिएका हुन् । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले उम्मेदवारको टुङ्गो लगाउन नसकी  प्रदेश कमिटीमा पठाउने निर्णय गरेको छ ।
उता राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी तालमेललाई हेरेर  मात्र उम्मेदवार तय गर्ने भएको छ । राष्ट्रिय राजनीतिलाई हेरेर असोज २६ गतेसम्म प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार चयन गरिने जिल्ला अध्यक्ष अम्बरबहादुर विष्टले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्