लागूऔषधसहित विराटनगरबाट एक पक्राउ

लागूऔषधसहित विराटनगरबाट एक पक्राउ

मोरङ, असोज २३ गते।
मोरङको विराटनगर महानगरपालिका-१६ स्थित बैक रोडबाट प्रहरीले आइतबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुर चौदण्डी नगरपालिका-१० बस्ने २८ बर्षिय कालु भनिने नर बहादुर मगर रहेका छन्।
मगरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ३ बजे भारतको जोगवनीबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट डाईजेल्याब-२० एम्पुल, लुपिजेसिक-२० एम्पुल र एभिल-२० एम्पुल बरामद गरेको छ।
बरामद लागूऔषधसहित मगरलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरेहको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्