मानसिक स्वास्थ्य दिवसमा दमक नगर परिक्रमा सहित दिप प्रज्वलन

मानसिक स्वास्थ्य दिवसमा दमक नगर परिक्रमा सहित दिप प्रज्वलन

"मानसिक स्वास्थ्य कार्य स्थानमा" भन्ने नाराका साथ २५ औ विश्व मानसिक स्वास्थ्य दिवश भब्य र्यालिका बिच सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै दमक नगरपालिकाका उप-प्रमुख गिता अधिकारीले मानसिक स्वास्थ्य जनसरोकारको विषय भएको र यसलाइ स्थानीय निकायले सम्बोधन गर्ने बताउनु भयो ।
दमक जेसिस,युथ फर ब्लड र OMPW को संयोजनमा दमकमा रहेका संघ-सस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।दमक चौकबाट र्याली शुरु भइ नगर परिक्रमा गर्दै जेसिज चौकमा दिप प्रज्वलन गर्दै सम्पन्न भएको थियो

कार्यक्रमलाई सम्बोधन गर्दै अञ्चल प्रहरी कार्यालय मेचिका प्रमुख एस.एस.पि. पिताम्बर अधिकारीले मानसिक समस्या सबैको सरोकारको विषय रहेको तथा अपराध न्यूनीकरणका लागि समेत मानसिक रुपमा स्वास्थ्य हुन जरुरी रहेको बताउनु भयो ।

मनोसामाजिक सु-स्वास्थ्यका लागि एक आपसमा कुराकानी गर्नु पर्ने टि.पि.ओ. नेपाल दमकका प्रमुख डा. शालिग्राम भट्टराईले व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई दमक जेसिजका अध्यक्ष गोबिन्द राज कट्टेलले सन्चालाइ गर्नु भएको थियो भने, कार्यक्रमलाई युथ फर ब्लड झापाका महासचिव भुपेन्द्र काफ्लेले उपस्थित सबैलाइ धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्