मानसिक स्वास्थ्य दिवसमा दमक नगर परिक्रमा सहित दिप प्रज्वलन

<span class='c1'>मानसिक स्वास्थ्य दिवसमा दमक नगर</span> <span class='c2'>परिक्रमा सहित दिप प्रज्वलन</span>

"मानसिक स्वास्थ्य कार्य स्थानमा" भन्ने नाराका साथ २५ औ विश्व मानसिक स्वास्थ्य दिवश भब्य र्यालिका बिच सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै दमक नगरपालिकाका उप-प्रमुख गिता अधिकारीले मानसिक स्वास्थ्य जनसरोकारको विषय भएको र यसलाइ स्थानीय निकायले सम्बोधन गर्ने बताउनु भयो ।
दमक जेसिस,युथ फर ब्लड र OMPW को संयोजनमा दमकमा रहेका संघ-सस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।दमक चौकबाट र्याली शुरु भइ नगर परिक्रमा गर्दै जेसिज चौकमा दिप प्रज्वलन गर्दै सम्पन्न भएको थियो
।
कार्यक्रमलाई सम्बोधन गर्दै अञ्चल प्रहरी कार्यालय मेचिका प्रमुख एस.एस.पि. पिताम्बर अधिकारीले मानसिक समस्या सबैको सरोकारको विषय रहेको तथा अपराध न्यूनीकरणका लागि समेत मानसिक रुपमा स्वास्थ्य हुन जरुरी रहेको बताउनु भयो ।

मनोसामाजिक सु-स्वास्थ्यका लागि एक आपसमा कुराकानी गर्नु पर्ने टि.पि.ओ. नेपाल दमकका प्रमुख डा. शालिग्राम भट्टराईले व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई दमक जेसिजका अध्यक्ष गोबिन्द राज कट्टेलले सन्चालाइ गर्नु भएको थियो भने, कार्यक्रमलाई युथ फर ब्लड झापाका महासचिव भुपेन्द्र काफ्लेले उपस्थित सबैलाइ धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्