बाबा भेजिटेवल आयलको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

बाबा भेजिटेवल आयलको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

बिराटनगर असोज २५ , बाबा भेजिटेवल आयल ई. प्रा. लि. द्वारा वार्षिक भेटघाट तथा शुभकामना आदन प्रदान कार्यक्रम २०७४ सम्पन्न भएको छ । ‘होटल हेरिसन प्यालेस’, विराटनगरमा भव्यताका साथ उद्योग र व्यापारी वर्गहरु बीच भेटघाट, सल्लाह, सुझाव र शुभ दिपावली र छठ पर्वको शुभकामना आदन प्रदान गरिएको थियो । कार्यक्रममा करीब १५० जना व्यापारीहरुको सहभागीताका साथै बाबा भेजिटेवल आयल ई. प्रा. लि. का सञ्चालक प्रकाश मुन्दडा, दिपक कुमार मुन्दडा, भवेश राठी र मुकुन्द राठीको उपस्तििथि थियो ।

व्यापारी वर्गहरुले सोहि उद्योगका उत्पादन ‘बाबा गुड हेल्थ’ सूर्यमुखी तेलको विक्री वितरणमा उत्कृष्ट सहयोग पुयाएकोमा उद्योगका तर्फबाट एयर कुलर, ल्यापटप, एल. ई. डी टेलिभिजन र ‘दुवई ट्रीप’का साथै अन्य उपहारहरु प्रदान गरिएको थियो ।

‘बाबा गुड हेल्थ’ सूर्यमुखी तेल शुदताको पहिचान भएको र बाबा भेजिटेवल आयल ई. प्रा. लि. का एक उत्कृष्ट उत्पादन रहेको कुरा ग्राहक वर्गहरुबाट आएको व्यापारीवर्गहरुले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्