विवेकशील साझा पार्टीका नेता भन्छन “काठमाडौंले यसपटक हामीलाई रोज्छ”

विवेकशील साझा पार्टीका नेता भन्छन “काठमाडौंले  यसपटक हामीलाई रोज्छ”

पार्र्टीका सह–संयोजकद्वय रवीन्द्र मिश्र र उज्ववल थापाले काठमाडौं क्षेत्र नम्बर १ र ५ बाट उमेदवारी दिने निर्णय गरेका छन् ४, ८ र ९ बाट क्रमशः सुबुना बस्नेत, पुकार बम र मिलन पाण्डेले उमेदवारी दिने निर्णय पार्टीले गरेको छ ।
त्यस्तैगरी क्षेत्र नम्बर ७ मा अनुपा श्रेष्ठलाई अघि सारिएको छ ।

विवेकशील–साझा पार्टीका यी उमेदवारहरुले आ–आफ्नो ठाउँबाट चुनाव जित्ने दावी पनि गरेका छन् ।

के भन्छन् उमेदवार ?

उज्ववल थापा
मैले आगामी संसद्को चुनावको लागि काठमाडौं क्षेत्र नम्बर ५ रोजेको छु । विगत चार वर्षदेखि नै चाहे भूकम्पमा होस्, भ्रष्टाचारविरुद्धको अभियानमा होस् यही क्षेत्रलाई राम्रो बनाउन लागेको छु । त्यसकारण अहिले यही क्षेत्रबाट उमेदवारी दिने निर्णय पार्टीले गरेको छ । व्याप्त लुटतन्त्र अन्त्य पार्नुपर्छ भनेर अगाडि बढेको हुँ । किनकी यो देशमा बाचा मात्र बढी भयो, यस क्षेत्रमा म जन्मे, हुर्के, पढे र यही क्षेत्रबाट उद्यम गरेँ । त्यसैले मैले निर्वाचनको लागि यो क्षेत्र रोजेको हुँ । यसबाट मैले धेरै समाज सेवा गरेको छु ।  भूकम्पको उदाहरणलाई हेर्ने हो भने पनि हामीले यही ठाउँमा टिचिङ अस्पतालदेखि उदाहरणीय समाजसेवा गरेका छौं ।

हालसालै सम्पन्न निर्वाचनमा रञ्जु दर्शना र किशोर थापाको भोटलाई जोड्ने हो भने पनि एमाले र हाम्रो भोट बराबर जस्तो आउँछ । एमालेका उमेदवार विद्यासुन्दर शाक्यले यही क्षेत्रबाट जितेर गएपछि जनभावनाअनुसार काम नगर्दा हामीलाई यहाँका जनताले धेरै आशा गरेका छन् ।

त्यही आशालाई प्रतिबिम्बित गर्न म यस क्षेत्रबाट चुनाव लड्न खोजेको हो । काँग्रेसका नरहरी आचार्य विगतका निर्वाचनमा यही क्षेत्रबाट विजयी भए पनि त्यस्तो राम्रो काम गर्नु भएको छैन । उहाँको स्वास्थ्य अवस्था पनि राम्रो छैन । त्यसैले यस क्षेत्रबाट चुनाव जित्छु भन्ने मेरो पूर्ण विश्वास छ । लुटतन्त्रलाई ठीक पार्ने सही समय यही हो । काठमाडौंका मतदाता विवेकशील भइसके त्यसैले उनीहरुले विवेकशील पार्र्टीलाई नै रोज्छन् ।

पुकार बम 

क्षेत्र नम्बर ८ बाट मैले चुनाव जित्छु  । पहिले हाम्रो पार्टीलाई धेरैले नचिने पनि अहिले हाम्रो पार्टीको टिम, बुथ र वडा स्तरमा नेटवर्क पनि राम्रो छ । निर्वाचन परिचालन समितिहरु पनि छन् । त्यसैले यस क्षेत्रबाट चुनाव जित्छु भन्ने धेरै आशावादी छु ।

सुबुना बस्नेत 
देशैभरी घुमिघुमि पढेँ । विशेष गरी पूर्वाञ्चलका विभिन्न क्षेत्रहरु हुँदै काठमाडौं आइपुगेँ । काठमाडौं आएको पनि ८ वर्ष भएछ । काठमाडौं आउनेबित्तिकै रगत नपाएर बिरामी भएका मान्छेहरुलाई रगत खोजिदिने काम गरेँ ।
३ वर्षसम्म यो ठाउँमा आउने जाने भयो । संविधानसभा निर्वाचनमा उठेका सन्तोष प्रधानसँग पनि रहेर काम गरेँ । यो क्षेत्रलाई अझै बुझ्ने मौका पाएँ । त्यसैले मैले यो क्षेत्र रोजेँ । राजनीतिमा यसको क्षेत्र भन्ने कसैको पनि हुँदैन ।  किनभने जनताले गोप्य मतदान दिने कुरा हो । मेरो उमेदवारी कसैलाई टक्कर दिनको लागि होइन । म व्यक्तिको विरुद्ध होइन बेथितिको विरुद्ध उभिन खोजेको हो । म २६ वर्षकै उमेरमा यति गर्न सक्षम छु र साहस देखाएर अगाडि आइरहेको छु भने यो क्षेत्र र समग्र देशको लागि केही गर्न सक्छु । हिजो उमेदवारी घोषणा गरेपछि यो क्षेत्रका मतदाताबाट एकदमै राम्रो प्रतिक्रिया पाएको छु त्यसैले चुनाव जित्नेमा ढुक्क छु ।

अनुपा श्रेष्ठ

यो अहिले काठमाडौं क्षेत्र नम्बर ७ मा नै छु । हुनत जन्म इन्द्रचोक हो, यहाँ बसेको १७ वर्ष भयो । यो ठाउँमा मैले धेरै सामाजिक कार्यहरु गर्दै आएको छु । त्यसैले अरु ठाउँहरुमा भन्दा मलाई यहाँको बारेमा धेरै थाहा छ । मैले यस क्षेत्रबाट चुनाव जित्ने सम्भावना धेरै छ किन भने मान्छेहरुले वैकल्पिक राजनीतिक दल खोजिरहेका छन् । जो भ्रष्टाचारी छैन, जो युवा छ र जो क्षेत्रमा रहेर काम गर्न सक्छ जनताले त्यस्तो मान्छे खोजी गरेका छन् । मेरो उमेदवारीप्रति जनता उत्साहित छन् । पहिले पूराना दलले जनतालाई कम्फ्युजनमा राख्ने गरेको पाइयो । त्यसकारण पनि जनताले यसपटक मलाई रोज्छन् भन्नेमा विश्वस्त छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्