सप्तरीमा सुरक्षागार्ड माथि अज्ञात समूहद्वारा गोली प्रहार

<span class='c1'>सप्तरीमा सुरक्षागार्ड माथि अज्ञात</span> <span class='c2'>समूहद्वारा गोली प्रहार</span>

काठमाडौं । सप्तरीको सुरुंगा नगरपालिका स्थित त्रियुगा डिस्टीलरीका सुरक्षागार्ड माथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।
मंगलबार साँझ ७ बजेतिर अज्ञात समूहले डिस्ट्रीलरीको गेटमा सुरक्षार्थ खटेका सुरक्षागार्ड मोरङ सुन्दर हरैचा नगरपालिका–६ का २५ वर्षीय नवराज कोइरालामाथि गोली प्रहार गरेको थियो ।
गोली लागेर घाइते भएका सुरक्षागार्ड कोइरालालाई उपचारको लागि लहानस्थित सप्तऋषि नर्सिङहोममा पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थल लगाएत आसपासको क्षेत्रलाई घेरा हाली चेकजाँच थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्