महामन्त्री कृष्णप्रसाद सिटौला झापाबाट नै उठ्ने

महामन्त्री कृष्णप्रसाद सिटौला झापाबाट नै उठ्ने

झापा, रासस । झापा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार रहेको झापा कांग्रेसले जनाएको छ ।

झापा क्षेत्र नम्बर ३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने भनेर चलाइएको हल्ला निराधार रहेको पार्टी सभापति उद्धव थापाले बताए ।
उनले सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट नै प्रत्यक्षतर्फ प्रतिनिधि सभाको चुनाव लड्ने दाबी गरे । कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले गठबन्धनमा सहभागी हुन चाहनेले माग राख्नु स्वभाविक भए पनि कार्यदलको बैठकले झापाको क्षेत्र नम्बर ३ राप्रपालाई छाड्ने विषयमा निर्णय नगरेको बताए ।
कांग्रेसका उम्मेदवार छनोट गर्ने र टिकट वितरण गर्ने संसदीय बोर्ड नै गठन नभएको अवस्थामा क्षेत्र नै छाडेको भनेर चलाइएको हल्लाको भ्रममा नपर्न सिटौलाले आम मतदातालाई उनले अपिल गरेका छन् ।
२०५० सालको उपनिर्वाचन, २०५६ को आम निर्वाचन र २०७० को संविधानसभा निर्वाचनमा सिटौला झापा क्षेत्र नम्बर ३ बाट लगातार तीनपटक निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्