सप्तरीका बाढीपीडितलाई अमेरिकाबाट राहत

सप्तरीका बाढीपीडितलाई अमेरिकाबाट राहत

राजविराज,  असोज २५ गते ।  अमेरिकाबाट पठाइएको राहत समाग्री सप्तरीको तिलाठी कोइलाडीका बाढीपीडित एकल महिलालाई मंगलबार वितरण गरिएको छ ।

अमेरिकामा रहेका भारतीय तथा नेपाली नागरिकबाट संकलन गरिएको राहत जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा रहेका करिब २५५ जना एकल महिलालाई राहत वितरण गरिएको सक्षम फाउण्डेशन नेपालका संयोजक सुजित सिंहले बताउनुभयो ।

उनीहरुलाई ३० केजी चामल, दुई केजी दाल, एक प्याकेट नुन, दुई थानका दरले, नुहाउने र लुगा धुने साबुन र एक थान बालटिनलगायतका राहत सामग्री वितरण गरिएको संयोजक सिंहले जानकारी दिनुभयो ।

त्यस्तै, चारवटा खानेपानी ट्युबवेलसमेत वितरण गरिएको छ भने बाढीबाट स्थानीय हरेराम सिंहको घर पूर्णरुपमा क्षतिग्रस्त भएकाले उनको परिवारलाई रु १० हजार आर्थिक सहयोगसमेत गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्