‘अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान’ सर्वसम्मतिले अनुमोदन

‘अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान’ सर्वसम्मतिले अनुमोदन

व्यवस्थापिका संसदले ‘अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान’लाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
व्यवस्थापिका संसदको आज बसेको बैठकले ‘अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान’ लाई सर्वसम्मतिले अनुमोदन गरेको हो । बैठकमा जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले विधान अनुमोदन गरियोस् भनि प्रेश गर्नु भएको प्रस्तावलाई सभामुख ओनसरी घर्तीले निर्णयार्थ पेश गर्नुभएको थियो । सोही प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरिएको हो ।
यसअघि सो विधानको सैद्धान्तिक छलफलमाथि भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसदद्धय प्रेम सुवाल र दिल्ली प्रसाद काफ्लेले विज्ञान र प्रविधिको आजको युगमा नवीकरणीय उर्जा आवश्यक भएको धारणा राख्नुभएको थियो । ‘अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान’ अनुमोदन भएसँगै नेपाललाई सो सम्बन्धि ज्ञान, सीप र अध्ययन, अनुसन्धान गर्न अन्तराष्ट्रियस्तरबाटै सहयोग पुग्नेछ । यसैगरी संसद बैठकले ‘भाषा आयोगको विधेयक, २०७३’ माथि विचार गरियोस भन्ने प्रस्तावलाई पनि स्विकृत गरेको छ । बैठकमा महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रञ्जुकुमारी झाको तर्फबाट समिति सदस्य आनन्दी पन्तले ‘राजर्षिजनक विश्वविद्यालय विधेयक सम्बन्धि समितिको प्रतिवेदन, २०७४’ संसदमा पेश गर्नुभएको थियो । संसदको अर्को बैठक विहिबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्