निर्वाचन ताेकिएकै मितिमा हुन्छ : थापा

निर्वाचन ताेकिएकै मितिमा हुन्छ : थापा

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेश र प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा हुनेमा शंका नगर्न आग्रह गर्नुभएको छ ।
मन्त्री थापाले आगामी मंसीर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नु भयो । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि कानुन छिट्टै निर्माण हुने दाबीसमेत गर्नुभयो । काँग्रेस नेतासमेत रहनुभएका उहाँले समानुपातिक प्रतिनिधित्वको आधारमा राष्ट्रिय सभाको निर्वाचन गराउने सरकारको अडान संविधानको मर्मअनुसार भएको पनि उल्लेख गर्नु भयो । मन्त्री थापाले सरकार सबै दलको सहमतिमा राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि कानुन बनाउन लागि परेको पनि स्मरण गराउनुभयो ।
मन्त्री थापाले सरकारले पूर्व प्रदाधिकारीहरुको सेवा र सुविधासम्बन्धी कानुन निर्माण गर्ने विषयमा देखिएको असहमतिलाई सम्बोधन गर्न लागि परेको पनि जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्