सुनसरीका ५५ अग्निपिडित परिवारलाइ घर बनाएर हस्तान्तरण

सुनसरीका ५५ अग्निपिडित परिवारलाइ घर बनाएर हस्तान्तरण

सुनसरीका ५५ परिवार अग्निपीडितलाई ग्रामीण स्वावलम्वन विकास केन्द्र नामक गैरसरकारी संस्थाले घर बनाएर हस्तान्तरण गरेको छ ।
गत चैत अन्तिम साता आगलागी हुँदा बराह नगरपालिका वडा ९ को कैवा टोलका ११ परिवारको घर टहरा तथा कोशी गाउँपालिका ५ को कुम्वयाई टोलका ४४ घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए । आगलागीका कारण पूर्णरुपमा क्षति व्यहोरेका परिवारलाई घर वनाएर एक कार्यक्रमका बीच आज हस्तान्तरण गरिएको हो । मालोजर इन्टरनेशनलको आर्थीक सहयोगमा निर्माण गरिएका घरहरु ग्रामीण स्वावलम्बन विकास केन्द्रले अग्नीपिडितहरुलाई हस्तान्तरण गरेको हो । अग्नी पिडितहरुका लागि निर्माण गरिएको घरमा कल शौचालयसमेत रहेको विकास केन्द्रका कार्यक्रम संयोजक दिपेन्द्र गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्