पथरी जेसिज सप्ताह अन्तर्गत स्लाे माेटरसाइकल रेस

पथरी जेसिज सप्ताह अन्तर्गत स्लाे माेटरसाइकल रेस

मोरङको पथरी जेसीजले जेसीज सप्ताहअन्तर्गत आज स्लो मोटरसाइकल रेस सम्पन्न गरेको छ ।
टफिक सचेतनाको सन्देशसमेत प्रदान गर्न आयोजित प्रतियोगितामा ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै पथरीशनिश्चरे १ का युवा मनोज श्रेष्ठ प्रथम हुनुभएको छ । श्रेष्ठ यसअघि पथरी जेसीजले सञ्चालन गरेको स्लो मोटरसाइलक रेसमा सन् २०१४ र २०१५ मा प्रथम भइसक्नुभएको थियो । उहाँले नगद ५ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ । यसैगरी, सन् २०१६ मा प्रथम बन्नुभएका पूजन गजमेर दोस्रो र २०१६ मा दोस्रो हुनुभएका सुजन श्रेष्ठ तेस्रो हुनुभएको छ । उहाँहरुले क्रमशः २ हजार ५ सय र १ हजार ५ सय रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । महिला स्कुटरको सो म्याचअन्तर्गतको स्लो रेशतर्फ शर्मिला तामाङ प्रथम बन्नुभयो । सप्ताहअन्तर्गत जेसीजले जनप्रतिनिधिहरुलाई तालिम, लोकमार्गमा स्वागत बोर्ड स्थापना, ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी, मैत्रीपूर्ण फुटबल र नगरसरसफाई कार्यक्रम गरी असोज २७ गते जेसीज सप्ताह सम्पन्न हुने सप्ताह मुल संयोजक लक्ष्मी सुवेदीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्