सप्तरीका एक बालक १७ दिनदेखि बेपत्ता

सप्तरीका एक बालक १७ दिनदेखि बेपत्ता

राजविराज,  असोज २७ गते । करिब १७ दिन अगाडि सप्तरीको विष्णुपुर गाउँपालिकाबाट बेपत्ता भएका एक बालक अझै फेला परेका छैनन् ।

जिल्लाको विष्णुपुर गाउँपालिका–५ बस्ने रामेश्वर यादवका ११ वर्षीय कान्छो छोरा महेशकुमार यादव यही असोज १० गते बिहान राजविराजस्थित अदालत रोडबाट बेपत्ता भएको र उनी हालसम्म फेला नपरेको स्थानीय कृष्ण मण्डलले बताउनुभयो ।

महेश राजविराजस्थित वल्र्डभिजन स्कुलमा कक्षा ५ मा अध्ययन गर्दै आएका थिए । महेश हराएको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिइएको बताइएको छ ।

यता बेपत्ता भएका महेशको खोजी गरी दिन नागरिक समाज, मानवअधिकारकर्मी तथा स्थानीय सञ्चारकर्मीलाई पीडितका परिवारले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्