काठमाडौं । गएको सोमबार राजधानीको शान्तिनगरमा अज्ञात समूहद्वारा हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई सरकारले सहिद घोषणा गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गौचनलाई सहिद घोषणा गरेको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
निर्माण व्यवसायी तथा गौचनका आफन्तले सहिद घोषणाको माग गर्दै गौचनको शव बुझ्न मानेका थिएनन् । गृहमन्त्रीको प्रतिबद्धतापछि उनको बिहीबार अन्तिम संस्कार भएको थियो ।