पथरीमा बसको ठक्करबाट १५ वर्षीय बालकको मृत्यु

पथरीमा बसको ठक्करबाट १५ वर्षीय बालकको मृत्यु

मोरङ, असोज २८ , पथरी-शनिश्चरे नगरपालिका-१० स्थित शिविरडाँडा नजिकै शनिबार बसको ठक्करबाट एक बालकको ज्यान गएको छ।

ज्यान गुमाउनेमा पथरी-शनिश्चरे नगरपालिका-१ बस्ने १५ बर्षिय सुमन सहनी रहेका छन्।

उनलाई विहान ५;३० बजे काठमाडौबाट काकडभिट्टा जादै गरेको ना ५ ख ४९६ नम्बरको परेली यातायातको डिलक्स बस पैदल हिड्दै गर्दा ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते बालकको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा विहान ६ बजे मृत्यु भएको हो। बसका चालक इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्