इनरुवामा १० बर्षीय बालिका खोला किनारमा मृत फेला

इनरुवामा १० बर्षीय बालिका खोला किनारमा मृत फेला

सुनसरी, असोज २७, सुनसरीको ईनरुवा-९ बस्ने हकिम मियाको १० बर्षिया छोरी मुना खातुन शुक्रबार मृत अवस्थामा भेटिएकी छिन्।

विहीबार दिउँसो ३ बजे घरबाट अचानक बेपत्ता भएकी खातुनको खोजी गर्ने क्रममा शुक्रबार विहान इनरुवा-९ स्थित साम्वाला चौक नजिकै सुनसरी खोलाको किनारमा उनी मृत अवस्थाम भेटिएकी हुन्।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरीको टोली खटिगई कनूनी प्रकृया पुरा गरेको छ भने घटनाबारे अनुसन्धान भइरेहको उक्त कार्यालयले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्