उदयपुरमा खुकुरी प्रहारबाट एक घाईते

उदयपुरमा खुकुरी प्रहारबाट एक घाईते

उदयपुर, असोज ३०, उदयपुरको बेलका नगरपालिका ८ स्थित माझीटोलमा आईतबार राती खुकुरी प्रहारबाट एक जना घाईते भएका छन्।

खुकुरी प्रहारबाट सोही ठाउँ बस्ने ४५ बर्षिय तिलक माझी घाईते भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ। माझीलाई सामान्य बादबिवाद हुँदा सोही ठाउँका २४ बर्षिय जिबन माझीले खुकुरी प्रहार गरेका थिए।खुकुरी प्रहारबाट माझीको बाँया घाँटिमा चोट लागी उपचारकालागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको छ। खुकुरी प्रहार गर्ने माझी फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्