भारतबाट माछा आयात हुदा मोरंगका किसान मर्कामा

भारतबाट माछा आयात हुदा मोरंगका किसान मर्कामा

मोरङ, असोज ३० – माछा उत्पादक किसानको समस्याको रुपमा भारतीय आयातित माछा रहेको किसानरुले बताएका छन् । भारतबाट माछा आयात हुँदा नेपाली किसान प्रत्यक्ष मारमा पर्दै आएको भए पनि त्यसलाई बिस्थापनको लागि अझै पहल नभएको बताएका हुन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई कटहरीले आयोजना गरेको बजार प्रबद्र्धन सम्बन्धी अन्तक्र्रियाको क्रममा किसानहरुले भारतीय माछा बिस्थापन गर्ने रणनीति किसान स्वंयम र व्यापारीले ल्याउनु पर्ने बताए  ।

कार्यक्रममा किसान र व्यापारी एक भएर लाग्ने हो भने भारतीय माछालाई बिस्थापन गर्न सकिने कृषि विज्ञहरुले बताएका छन्  । जोन इकाई कार्यालयका प्रमुख प्रमोद रिजालले व्यवसायिकताका आधारमा किसान र व्यापारी मिलेर जाने हो भने समस्याको समाधान सहजै निकाल्न सकिने बताउनुभयो ।

आर्थिक वर्ष २०७३/७४ मा भारतबाट दुई हजार एक सय ४१ मेट्रिक टन माछा आयात भएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०६१/६२ पछि २०६९/७० मा सबैभन्दा धेरै सात हजार चार सय २४ मेट्रिकटन माछा भारतबाट आयात भएको परियोजनाका प्रमुख रिजालले जानकारी दिनुभयो ।

उत्पादनमा संलग्न रहेको किसानले जात, समय अनुकुल माछा उत्पादनमा ख्याल गरेर माछा पालन गर्ने हो भनेमात्र पनि किसानले राम्रो फाइदा लिन सक्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा धनपालथान, कटहरी  गाउँपालिकाका प्रमुख तथा किसानहरुको उपस्थिती रहेको थियो । किसानले आगामी दिनमा बजार प्रबद्र्धन गर्नको लागि किसान एक हुनुको विकल्प नहुनेमा जोड दिएका छन् । (उज्यालो अनलाइन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्