विजय कुमार गच्छदार १० वर्षपछि पुनः नेपाली कांग्रेसमै फर्किए

<span class='c1'>विजय कुमार गच्छदार १० वर्षपछि</span> <span class='c2'>पुनः नेपाली कांग्रेसमै फर्किए</span>

काठमाडौं । नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय कुमार गच्छदार १० वर्षपछि पुनः नेपाली कांग्रेसमै फर्किएका छन् ।

उनी नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नै कांग्रेसमा मिसिएको हो ।हिजो आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रम गरी गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरे पनि राति अबेरसम्म वार्ता जारी रहेकाले रोकिएको थियो ।
अहिले बालुवाटारमा जारी कार्यक्रममा गच्छदार कांग्रेस प्रवेश गरेका हुन् । गच्छदारलाई पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने तयारी भएको छ । उपसभापति या महामन्त्रीमध्ये एक बनाउने तयारी भएको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्