कानेपोखरीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

<span class='c1'>कानेपोखरीमा मोटरसाइकल दुर्घटना,</span> <span class='c2'>एकको  मृत्यु</span>

कानेपोखरी गाउँपालिका-७ पानधारेमा पथरीबाट कानेपोखरीतर्फ जादै गरेको मे ५ प ४९९९ नम्बरको को डिस्कभर मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को ६ प ९६५९ नम्बरको प्लाटिना मोटरसाइकल साँझ ५ बजेतिर आपसमा ठोक्किदा ९६५९ नम्बरको मोटरसाइकल पछाडी सवार कानेपोखरी गाउँपालिका-७ बस्ने ५६ बर्षिय शिव कुमार राईको मृत्यु भएको छ।

दुर्घटनामा गम्भिर घाइते उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेलुका ८ बजे मृत्यु भएको हो।

त्यस्तै सोही मोटरसाइकलका चालक कानेपोखरी गाउपालिका-७ बस्ने ५७ बर्षिय विष्णु कुमार गम्भिर घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा ४९९९ नम्बरको मोटरसाइकल चालक झापा बारदसी गाउँपालिका-४ बस्ने ३० बर्षिय सन्त ताजपुरिया र पछाडी सवार सोही ठाउँका २४ बर्षिय किरण राजबंशी सामान्य घाइते छन्।

उनीहरुको नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचार भईरहेको अस्थायि प्रहरी चौकी कानेपोखरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्