काठमाडौँ, असोज ३१ गते । सरकार र डा. गोविन्द केसी पक्षबीच सम्भवतः मङ्गलबार सम्झौता हुने भएको छ ।
सोमबारको वार्तामा डा. गोविन्द केसीले उठाउनुभएका मागलाई सम्बोधन गर्न मस्यौदासमेत तयार भइसकेको बुझिएको छ । “सोमबार रातिसम्म भएको वार्ताबाट केसीले उठाउनुभएको मागका सम्बन्धमा ड्राफ्ट तयार भएको छ”, सरकारी वार्ताटोलीका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले भन्नुभयो, “आज केही प्राविधिक विषय नमिलेर सम्झौता हुन सकेन, मङ्गलबार उक्त ड्राफ्टलाई मूर्त रूप दिइनेछ ।