माओवादी केन्द्रको सरकार छाड्ने तयारी

माओवादी केन्द्रको सरकार छाड्ने तयारी

नेकपा माओवादी केन्द्रले सरकार छाड्ने तयारी गरेको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले पत्रकार सम्मेलन गरेर सरकार छाड्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका नेताहरुलाई सरकारमा सहभागी गराएपछि असन्तुष्ट बनेको माओवादीले सरकार छाड्ने घोषणा गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

माओवादीले प्रमुख प्रतिपक्ष दलसँग चुनावी तालमेल र पार्टी एकताको तयारी गरेपछि प्रधानमन्त्री देउवाले राप्रपाका ४ मन्त्री र ४ राज्यमन्त्री थप गरेका थिए ।
यसअघि नै माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग भेटवार्ता गरेर सरकारप्रति आफ्नो धारणा व्यक्त गरिसकेको स्रोतले जानकारी दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्