बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

<span class='c1'>बस दुर्घटना हुँदा</span> <span class='c2'>दुई जनाको मृत्यु</span>

डोटी । भीमदत्त राजमार्ग अन्तरगत पर्ने डोटीको गोगनपानीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी जाँदै गरेको र डडेल्धुराबाट महेन्द्रनगर फर्किदै गरेको बस एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको हो ।

महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना ५ ख ६०१ नम्बरको बस र डडेल्धुराबाट महेन्द्रनगर फर्किदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ नम्बरको बस गोगनपानीमा जुध्दा दुई यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक मधु पुडासैनीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परि बैतडीको देहिमाण्डौं २ ८० वर्षीया द्रोपती भण्डारी र डडेल्धुराको परशुराम नगरपालिका ७ का १३ वर्षीय विक्रम बोहराको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाईते पाँच जनालाई उपचारको लागि कैलालीको धनगढी पठाइएको प्रहरी उपरीक्षक पुडासैनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्