विराटनगरकाे संस्थाले बनाएकाे भिडियाे अन्तराष्ट्रिय कार्यक्रममा छनाेट

विराटनगरकाे संस्थाले बनाएकाे भिडियाे अन्तराष्ट्रिय कार्यक्रममा छनाेट

विराटनगर ५ असोज । विकल्प एन अल्टरनेटिभले तयार गरेको नेपाल किन गरिब छ ? भन्ने भिडियो अन्तराष्ट्रिय प्रतियोगितामा छनौट भएको छ । एटलस नेटवर्ककाे लाइट, क्यामेरा लिबर्टी परियोजना अन्तर्गत छनौटमा परेका अन्तिम तिन प्रतिस्पर्धीको रुपमा बिराटनगर, नेपालबाट बिकल्प एन अल्टर्नेटिभ, अमेरिकाबाट इडाहाे फ्रिडम फाउन्डेसन र अर्जेनटिनाबाट लिबर्टेड प्राेग्रेसा भन्ने संस्थाले प्रतिस्पर्धा गर्ने छन् । अन्तिम तिन छनौटमा परेकालाइलिबर्टि फाेरम तथा फ्रिडम डिनर २०१७ कार्यक्रममा सहभागी हुनको निम्ति बोलाइने छ । बिजेताको घोषणा नोबेम्बर ७, ८, २०१७ मा अमेरिकाको न्युयोर्क सहरमा गरिने छ ।

विकल्पले तयार गरेको भिडियोमा नेपालमा समृद्धिको परिकल्पनालाई साकार गराउन राजनीतिक स्थाइत्व, कानुनि शासन, जबाबदेहि सरकार, प्रतिस्पर्धामा आधारित बजार नीति, भौतिक संरचनाको निर्माण, लगानीको बाताबरण आदिको प्रत्याभूत गराई नागरिकहरुको जीवनस्तर उकास्न निम्ति पहल गर्न जरुरी छ भन्ने सन्देश प्रदान गरेको विकल्पका बसन्त अधिकारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्