१११ सिटका लागि ८०२ जना चुनावी मैदानमा

१११ सिटका लागि ८०२ जना चुनावी मैदानमा

काठमाडौं । मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुन लागेको निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा गरी ८०२ जनाले उमेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ गरी १११ सिटका लागि ८०२ जनाले उमेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

३२ जिल्लामा उमेदवारी दर्ता उत्साहजनक रुपमा भएको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्र सदस्यका लागि ३२० जनाको उमेदवारी परेको छ भने प्रदेशसभामा ७४ सिटको लागि ४८२ जनाले उमेदवारी दिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राति अबेरसम्म पनि मनोनयन दर्ता प्रक्रिया जारी थियो । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आ आफ्ना उमेदवार चुनावी मैदानमा उतारेका छन् ।

३७ सिटमध्ये एमालेले २१ र माओवादी केन्द्रले १६ सिटमा उमेदवारी दिएका छन् । त्यसैगरी प्रदेशसभाको ७४ सिटमध्ये माओवादी केन्द्रले ३३ र एमालेले ४१ सिटमा उमेदवारी दिएका छन् ।

वाम गठबन्धनको सहमतिअनुसार  ६०  र ४० प्रतिशत क्षेत्रमा उमेदवारी परेको हो । त्यसैगरी लोकतान्त्रिक गठबन्धनमा कांग्रेसले थोरै मात्रै क्षेत्रमा तालमेल गरेको छ ।

प्रतिनिधिसभामा कांग्रेसले ३७ मध्ये ३५ आफैं चुनावी मैदानमा उत्रिएको छ भने बाँकी दुईमा राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका उमेदवार रहेका छन् ।

त्यसैगरी ७४ मध्ये ६९ सिटमा कांग्रेस एक्लै प्रतिष्पर्धा गरेको छ भने बाँकी सिटमा संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका उमेदवार रहेका छन् ।
तस्बिर, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्