लहानलाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाइने

<span class='c1'>लहानलाई ध्वनि प्रदूषणमुक्त</span> <span class='c2'>नगरपालिका बनाइने</span>

लहान,  कात्तिक ६ गते ।  सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित प्रमुख मुनि साह र उपप्रमुख सरियार चौधरीले लहान नगरपालिकालाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिरहाको लहानमा आइतबार समग्र जनउत्थान केन्द्रको संयोजनमा हातेमालो अन्तर धार्मिक समिति लहानद्वारा आयोजित शुभकामना आदानप्रदान तथा नवनिर्वाचित पदाधिकारीको स्वागत तथा सम्मान कार्यक्रममा उहाँहरुले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

लहान नगरपालिकालाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउनका लागि नगरपालिकाको आगामी बैठकबाट ठोस निर्णय गरी आगडि बढ्ने बताउनुहुँदै नगरप्रमुख साहले लहान नगरपाकिकाको कुनै पनि काममा अनाधिकृतरुपमा सेवाग्राहीमार्फत कसैले रकम लिएको पाइए तत्कालै कारबाही गरिने बताउनुभयो ।
नगरपालिकाकी उपप्रमुख चौधरीले सबै पक्षसँग सहकार्य गरी लहान नगरलाई ध्वनि प्रदूषणमुक्त नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा आयोजक समितिका संयोजक सुशीलचन्द्र अधिकारीले नवनिर्वाचित लहान नगरपालिकाका प्रमुख साह, उपप्रमुख चौधरीलगायत सम्पूर्ण वडा अध्यक्षलाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो ।

ट्राफिक प्रहरीद्वारा तीन दिनमा ३७१ सवारीसाधनमाथि कारबाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले विगत तीन दिनको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ३५० भन्दाबढी सवारीसाधनमाथि कारबाही गरेको छ ।

दीपावली, गोवद्र्धन पूजा र तिहारको दिन गरी तीन दिनको अवधिमा ३७१ सवारीसाधनमाथि कारबाही गरी रु दुई लाख पाँच हजार जरिवाना संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख एवं प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिनुभयो ।

पूर्व–पश्चिम राजमार्ग तथा जिल्लाको भित्री सडकमा गरिएको सवारी जाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने २२३ मोटरसाइकल तथा १४८ वटा चारपांग्रे सवारीसाधनमाथि कारबाही गरिएको प्रमुख चुँडालले बताउनुभयो ।

चाडपर्वका बेला तीव्ररुपमा ट्राफिक नियम उल्लंघन हुने गरेकाले प्रहरीले सवारी जाँचलाई तीव्र पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्