काठमाडौं, कात्तिक ६ – नेकपा एमालेले पहिलो चरणमा आउँदो मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारी दर्ता गरेको छ ।
माओवादीसँग गठबन्धन गरेको एमालले ३२ जिल्लाका विभिन्न क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दर्ता गराएको हो ।