महोत्तरी, कात्तिक ६ – मिथिलाञ्चलको महानपर्व छठ आइतबारदेखि विधिवत रुपमा सुरु भएको छ । निष्ठापूर्वक मनाइने छठपर्वको आइतबार पहिलो दिन व्रतालुहरु निरामिष भोजन अर्थात अरवा अरवाईन भोजन ग्रहण गरी छठपवको शुभारम्भ गर्दैछन । त्यस्तै भोली नहाय खाय अर्थात स्नान गरी शुद्ध भएर भोजन गर्नेछन भने मंगलवारको साँझमा घरघरमा खिर चढाएर खरना मनाइँदैछ ।
त्यस्तै बिहीबारको साँझमा व्रतालुले विभिन्न किमिसको फलफूल, मिठाई, ठकुवा, भुसवालगायतका पूजा सामग्रीसहित नजिकै रहेको जलाशयमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ अन्र्तगतको सझिया पर्व मनाउने चलन रहेको छ । शुक्रवार पुनः एकाबिहानै उदाउँदो सुर्यलाई बिहानीपखको अघ्र्य दिएर छठ पर्वको समापन गर्ने गरिन्छ ।