ग्राहकको खाता ह्याक भएको होइन : एनअाइसी एसिया बैंक

<span class='c1'>ग्राहकको खाता ह्याक भएको होइन</span> <span class='c2'> : एनअाइसी एसिया बैंक</span>

एन आई सी एसिया बैङ्कले कुनै पनि ग्राहककाे खाताकाे रकम हिनामिना नभएकाे जनाएकाे छ । साथै बजारमा गलत हल्ला गएको पनि जनाएको छ ।

बैङ्कका अनुसार, कुनै पनि ग्राहकको खाता ह्याक भएको छैन । भने, अनधिकृत रूपमा रकम झिकिएको समेत छैन । बैङ्कले दिएकाे जानकारी अनुसार, बैंकलार्इ विदेशी बैङ्कको खातामा राखेको केही पैसामा केही समस्या छ कि भनेर शङ्का लागेको हो । यस्तो शङ्का लागेपछि स्वीफ्ट आफैले डाउन गरेर विदेशी विज्ञलाई सहभागी गराएर अनुसन्धान गराइएकाे हाे ।

 

“हाल बैङ्कको यति पैसा विदेश गयो, बैङ्कलाई यति पैसा नोक्सान भयो भनेर जुन हल्ला चलेको छ, त्यसमा कुनै सत्यता छैन । हामी आफैले हाम्रो स्वीफ्टमा केही शंकास्पद गतिविधि भएको शङ्का गर्‍यौँ । कुनै अनधिकृत आक्रमण पो भइरहेको छ कि, हाम्रो खाताको पैसा झिक्ने प्रयास पो भइरहेको छ कि भन्ने शङ्का हामीलाई लागेको मात्रै हो । यसैको लागि हामीले विदेशी विज्ञलाई नेपालमै बोलाएका पनि छौँ । विदेशी विज्ञहरु नेपाल आइपुग्दै हुनुहुन्छ । यस्तै नेपाली विज्ञहरुले पनि यो विषयमा अनुसन्धान गरिरहनु भएको छ ।” बैङ्कले जनाएकाे छ ।

बैङ्कले यसबारे नेपाल राष्ट्र बैङ्क जानकारी गराएकाे छ । भने, स्वीफ्टको सर्भर मात्रै डाउन गरिएकाे छ । सर्भर भन्ने बित्तिकै बैङ्कमा पैसा पनि राख्न नमिल्ने र झिक्न पनि नमिल्ने भनेर बुझ्ने गरिएको पनि पाइन्छ । तर यस्तो होइन । स्विफ्टको सर्भर भनेको छुट्टै हो । कोर बैङ्किङको सर्भर भनेको छुट्टै हो । हाल बैङ्कका देशभर १३३ वटै शाखा राम्ररी चलेकाे जनाएकाे छ ।(मकालु खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्