जनचेतना बिना नाे हर्न अभियान ! २५ दिनमै झण्डै ३ लाख जरिवाना

जनचेतना बिना नाे हर्न अभियान ! २५ दिनमै झण्डै ३ लाख जरिवाना

सुमन तिमल्सिना । विराटनगर, ६ कात्तिक । प्रदेश १ का सबै जिल्लामा हर्न बजाउन नपाईने गरी असोज १ गते देखि लागु गरेको हर्न निषेध अभियानको शुरुका दिनहरु देखि नै ट्राफिक प्रहरीले राजश्वको नाममा चर्को रकम असूल्न थालेको पाईएको छ । सुचनाको हकका अभियन्ता राजु श्रेष्ठले असोज १ गते देखि २५ गते सम्म हर्न बजाएर कार्वाही तथा जरिवाना सहितको सुचना माग गर्नु भएकोमा त्यसको बिववरण दिँदै २५ दिन मै २ लाख ८२ हजार ५ सय राजश्व उठाएको जनाएको हो। २५ दिनको अबधिमा जिल्ला ट्राफिक कार्यालय मोरङले मात्र पाँच सय ६५ जना सर्बसाधारणबाट हर्न बजाएको नाममा राजश्व उठाएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक मदन गिरीका अनुसार असोज १ देखि २५ गते सम्म चर्को हर्न बजाएको भन्दै दुई लाख ८२ हजार राजश्व उठाएको हो ।
जिल्ल ट्राफिक प्रहरी कार्यालयले दिएको विवरण अनुसार मोटरसाईकल, बस, भ्यान तथा साना ठुला सवारीबाट पाँच सय देखि एक हजार पाँच सय सम्म हर्न बजाएको नाममा जरिवाना गरिएको छ । सुचना माग गरिएको साईन बोेर्ड फ्लेक्स लगायतको खर्च विवरण भने ट्राफिक प्रहरी कार्यालयले उपलब्ध नगराएको अभियान्ता श्रेष्ठले बताउनुभयो । उहाँले माग गरिएका खर्च बिवरण समेत ट्राफिक प्रहरीले उपलब्ध नगराएकोले नो हर्न को नाममा भ्रष्टाचार भएको हुनक्ने समेत आशंका ब्यक्त गर्नु भएको छ । राजश्व संकलनको बिषयमा मात्र रकम उल्लेख गरिएको भएपनि हर्न निषेधको नाममा बिभिन्न उद्योगहरुमा ठुलो रकम ट्राफिक प्रहरीले उठाएको गुनासो आएपछि सुचना माग गरिएको तर त्यसको बिल भरपाई नै नदिएको श्रेष्ठले बताउनुभयो ।
हर्न निषेधित क्षेत्र बनाउनु स्वागतयोग्य कदम भए पनि पूर्वाधारबिना हर्न निषेधित क्षेत्र घोषणा गरी धमाधम कारबाहीस्वरूप जरिमाना गर्नु गलत हो । प्रदेश–१ मा असोज १ गते देखि शुरु भएको हर्न निशेधित अभियानलाई लिएर यो अभियानलाई कसैले पनि स्वागत गर्न सकेका छैनन । केही महानगरपालिकाका ब्यक्ती र केही प्रहरीको स्वार्थमा हर्न निषेधित जोन बनाईएको हो भनेर टिका टिप्पणी गर्नेहरु पनि छन् । नेपालको कुनैपनि कानुनले सडकमा हर्न नबजा भनेर उल्लेख नगरेको भएपनि जनतालाई जवरजस्ती लादेर राजश्व उठाउन पल्किएका ट्राफिक प्रहरीको यो चालाले सबै सवारी धनीलाई अन्यौल बनाएको स्थानीय युवा बसन्त अधिकारीको भनाई छ । अब कोही मरिहाल्यो भने पनि त्यसको जिम्मेवार ट्राफिक प्रहरी हुनु पर्छ, उहाँको भनाई छ ।
अझ बिराटनगर जस्तो पुर्बाधार भत्कीएर खाल्डै खाल्डा भएका, सवारीको चाप भएको, सडक साँगुरो भएको स्थानमा हर्न नै बजाउन नपाउने भन्ने कुरा कसैलाई पटक्कै मनै नपरेको बिराटनगर ११ का तेजराज श्रेष्ठले आरोप लगाउनुभयो । सर्बसाधारणलाई दुख दिने नियतले यो अभियान ल्याईएको गुनासो गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्