मोरङ, कार्तिक ०७, विराटनगर महानगरपालिका-११ स्थित नारायण शाक्यको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले सोमबार १ लाख बढी नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ।
गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरीको टोलीले बेलुका १० बजेतिर उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले जुवाको खालबाट १ लाख ४८ हजार २ सय ८५ रुपैयाँ नगद तथा ४ बुङ तास समेत बरामद गरेको छ। पक्राउ परेका सबैलाई वडा प्रहरी कार्यालय (क) विराटनगरमा राकी थप अनुसन्धान भइरहेको छ।