इटहरीमा बसको ठक्करबाट टेम्पो चालककको मृत्यु

इटहरीमा बसको ठक्करबाट टेम्पो चालककको मृत्यु

सुनसरी, कार्तिक ०७, सुनरीको इटहरी उप-महानगरपालिका ४ स्थित हलगडामा काठमाण्डौबाट धरान जाँदै गरेको को ७ ख ५७०५ बसले दिउँसो १ बजेतिर को १ ह ७७२९ नम्बरको टेम्पोलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा टेम्पोका चालक धरान-८ बस्ने ३५ बर्षिय अमित तामाङ रहेका छन्।

गम्भिर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा अपरान्ह ३ बजेतिर मृत्यु भएको हो।

दुर्घटनामा टेम्पोमा सवार रामधुनी नगरपालिका-५ झुम्का बस्ने ३४ बर्षिय पुर्ण बहादुर थापा सामान्य घाईते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्