भोजपुरमा महिलाको उम्मेदवारी शून्य

भोजपुरमा महिलाको उम्मेदवारी शून्य

भोजपुर, रासस । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा महिलाको उम्मेदवारी शून्य भएको छ ।

भोजपुरमा १२ वटा दलले मनोनयन दर्ता गर्दासमेत महिलाको उम्मेदवारी कुनै दलबाट नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो । ३३ प्रतिशत महिला सहभागिताको कुरा उठे पनि मुख्य दलबाट नै महिला उम्मेदवार नपरेको बताइएको छ ।

नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालको गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि उमेशजंग रायमाझी, भोजपुर क्षेत्र नं १ बाट संघीय समाजवादी फोरमका तर्फबाट अजम्वर राई काङ्माङ र भोजपुर क्षेत्र नं २ बाट कांग्रेसका तर्फबाट गोविन्दबहादुर कार्कीको उम्मेदवारी परेको थियो ।

त्यस्तै, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनबाट प्रतिनिधिसभाको लागि माओवादी केन्द्रका सुदन किराँती, प्रदेश सभाको लागि भोजपुर क्षेत्र नं १ बाट एमालेका राजेन्द्रकुमार राई र क्षेत्र नं २ बाट एमालेकै शेरधन राईको नाम दर्ता भएको हो ।

साना दलबाट प्रतिनिधिसभाका लागि मंगोल नेशनल अर्गनाइजेशनबाट चन्द्रप्रसाद राई, नेकपा क्रान्तिकारी माओवादीका तर्फबाट डिल्लीराम बोहोरा, नयाँ शक्ति पार्टीबाट युवराज कटुवाल, राजपा नेपालबाट धु्रवराज राई, संघीय लोकतान्त्रिक मञ्चबाट केदार राई र नेकपा मालेबाट अनिल बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तैगरी, प्रदेशसभा १ बाट स्वतन्त्रमा खुसीराज गुरुङ र मंगोल नेशनल अर्गनाइजेशनका मोजेश राईको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्