देशकै धेरै मतदाता मोरङमा , मतदान केन्द्र थपियो –मतदान स्थल पुरानै कायम

देशकै धेरै मतदाता मोरङमा , मतदान केन्द्र थपियो –मतदान स्थल पुरानै कायम

सुमन सुस्केरा
७ कात्तिक, विराटनगर
मोरङमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्र थापिएको छ । मतदान स्थल भने पुरानैलाई कायम गरिएको छ । मोरङमा ३ सय मतदान स्थलमा ८९ वटा मतदान केन्द्र थपिएको हो । क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका अनुसार थप गरिएको मतदान केन्द्रसहित मोरङमा मतदान स्थलको संख्या ७ सय ५८ पुगेको छ ।
यस अघि मोरङमा ६ सय ६९ वटा मतदान केन्द्र रहेका थिए । १७ वटा स्थानीय तह रहेको मोरङ अन्र्तगत विराटनगर महानगरपालिकामा १३ वटा मतदान केन्द्र थपिएका छन । क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले विराटनगर महानगरपालिकामा अव मतदान केन्द्रको संख्या ८३ पुगेको छ। त्यसैगरी कटहरी र जहदा गाउँपालिकामा १–१ वटा मतदान केन्द्र थपिएको छ । यसअघि कटहरीमा २८ र जहदामा २६ मतदान केन्द्र कायम थिए । कानेपोखरीमा ७ मतदान केन्द्र थपिएको छ भने केराबारीमा २ मतदान केन्द्रं थपेर ३७ मतदान केन्द्र कायम गरिएको छ ।
२५ मतदान केन्द्र रहेको ग्रामथानमा २ थपेर २७ पु¥याएको छ । २९ मतदान केन्द्र रहेको धनपालथानमा ३ केन्द्र थपेर मतदान केन्द्र संख्या ३१ पु¥याईएको छ । यता २८ मतदान केन्द्र रहेको बुढीगंगामा २ मतदान केन्द्र थप गरेर ३० कायम गरिएको छ । त्यसैगरी २७ मतदान केन्द्र रहेको मिक्लाजुङमा ७ मतदान केन्द्र थप गरी मतदान केन्द्रको संख्या ३२ कायम गरिएको छ ।

मोरङको ४१ वटा मतदान केन्द्र रहेको उर्लाबारी नगरपालिकामा मतदान केन्द्रको संख्या थप भएसगै ४७ पुगेको छ । पथरीशनिश्चरेमा ८ वटा थपिएर ५४, बेलबारीमा ८ थपिएर ५९, रंगेलीमा ४ थपिएर ४१, रतुवामाईमा ४ थपिएर ४९, लेटाङमा ४ वटा थपिएर ३१, सुनबर्सीमा ६ थपिएर ३९ र सुन्दरहरैंचामा ११ थपसहित ७३ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ । मोरङमा मतदानस्थल थप गर्न क्षेत्रीय निर्वाचन कार्यलयले राजनीतिक दलहरूसँग परामर्श गरी आयोगलाई सिफारिस गरेको थियो ।
तर मतदान स्थल पुरानै हुने गरी कायम गरी आयोगले केन्द्रको संख्या बढाएको हो ।मोरङमा स्थानीय तहको कुल मतदाता संख्याभन्दा ७० हजार बढेको छ । स्थानीय तहको निर्वाचन लगत्तै संचालन गरिएको फोटोसहितको मतदाता नामावली संकलनको क्रममा मतदाताको संख्या बृद्धि भएको हो ।
आयोगका अनुसार प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मोरङमा सवै भन्दा वढी ६ लाख ४४ हजार ७ सय ८३ जना मतदाता रहेका छन । काठमाण्डौ भन्दा मतदाता वढी भएको जिल्लामा मोरङ पर्दछ । मोरङमा ९ निर्वाचन क्षेत्र घटाएर हाल ६ वटा कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्