मोरङ र सुनसरीका कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या

<span class='c1'>मोरङ र सुनसरीका कृषकले उखुको</span> <span class='c2'>भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या</span>

पथरी, मोरङ (रासस) । मोरङ र सुनसरीका पाँच हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ ।

आर्थिक वर्ष २०७३–०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा जीविकोपार्जन गर्न समस्या भएको मोरङको कदमाहाका उखु किसान सन्तोष यादवले बताए ।
सुनसरीको बर्जु गाउँपालिका–५ मा अवस्थित इस्टर्न सुगर मिलले आव २०७३–०७४ को कृषकले बेचेको करोडौँको उखुको भुक्तानी नदिएपछि उहाँहरु आर्थिकरुपमा सास्ती व्यहोर्न बाध्य भएको किसानको गुनासो छ ।

सुनसरी, मोरङबाट आठ लाख २८ हजार ६४१ क्विन्टल उखु खरिद गरेको सुगर मिलले ४१ करोड दिनुपर्नेमा २३ करोड उपलब्ध गराएको र बाँकी १८ करोड नदिएपछि कृषक थप मर्कामा परेका हुन् ।

दशैँ र तिहारसम्ममा सबै पूँजी चुक्ता गर्ने भनेर सम्झौता भए पनि अहिलेसम्म मिलले कृषकको उखुको मूल्य नदिएकाले आन्दोलित हुनुपरेको उखु कृषक संघर्ष समितिका सचिव कमलप्रसाद कामतको भनाइ छ ।

गत वर्ष सुनसरी, मोरङका १० हजार उखु कृषकले उखुखेती गरेका थिए । यो वर्ष सुनसरी, मोरङका सात हजार कृषकले सात हजार बिगाहमा उखुखेती गरेका छन् । इस्टर्न सुगर मिलले समयमा भुक्तानी नदिएपछि उखुखेतीबाट कृषक पलायन हुँदै गएको कामतले बताए ।
सुनसरीको बर्जु गाउँपालिकामा १८ बिगाहमा उखुखेती गर्दै आएका रमेश कामत मिलले समयमा भुक्तानी नगर्दा जीविकोपार्जन गर्न समस्या भएको बताए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले कृषकको मर्काको विषयमा गम्भीर रहेको भन्दै छिटोभन्दा छिटो समस्या समाधानमा पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्