सोलुखुम्बुमा पाँचवटा मतदान केन्द्र थपियो

<span class='c1'>सोलुखुम्बुमा पाँचवटा मतदान</span> <span class='c2'>केन्द्र थपियो</span>

सल्लेरी, रासस । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँचवटा मतदान केन्द्र थपिएको छ ।

जिल्ला निर्वाचन अधिकारी खिमादेवी लङ्वाले मतदाता थपिएकाले साविकको भन्दा पाँचवटा केन्द्र थपिएर आएको जानकारी दिए । एक हजार ६४ जनाभन्दा बढी मतदाता एकै मतदान केन्द्रमा भएपछि मतदान केन्द्र थपिएको हो ।

दूधकौशिका गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय लोखिम, सोलु दूधकुण्ड नगरपािलका–९ को गोराखानी आधारभूत विद्यालय, छुल्यामु आधारभूत विद्यालय, दोर्पु, दूधकुण्ड माध्यमिक विद्यालय, फाप्लु, दूधकोशी गाउँपालिकास्थित काकु माध्यमिक विद्यालय, भेडाचौरमा केन्द्र थप भएर आएको हो ।

यसअघि स्थानीय तह निर्वाचनमा ११८ वटा मतदानस्थल र १२० केन्द्र रहेका थिए भने अब १२५ वटा मतदान केन्द्र भएका छन् । सोलुखुम्बुबाट आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ६९ हजार ४११ जना मतदाताले भाग लिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्