आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गरिने

<span class='c1'>आज उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन</span> <span class='c2'>गरी चुनाव चिह्न वितरण गरिने</span>

आगामी  मंसिर १० गते हुने पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गर्दै छ । उम्मेदवारहरुमाथि परेको उजुरी र दावी विरोध सकिएपछि आयोगले आज (बुधबार) नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गर्न लागेको हो ।

पहिलो चरणमा ३२ जिल्लामा हुन लागेको प्रत्यक्ष तर्फको निर्वाचनका लागि गत आइतबार मनोनयन दर्ता गरिएको थियो । प्रतिनिधिसभाका लागि ३२० र प्रदेशसभाका लागि ४८२ गरी कुल ८०२ जनाको उम्मेदवारी परेकोे छ ।

मंगलबार दावी विरोधको प्रक्रिया सकिएकाले आज उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म समय दिइएको निर्वाचन आयोगले जनाएको छ । त्यसलगत्तै अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ६ बजेभित्र चुनाव चिन्ह वितरण गर्ने कार्यतालिका रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

पहिलो चरणमा १० मंसिरमा उच्च पहाडी तथा हिमाली गरी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । २१ मंसिरमा ४५ जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्