आत्महत्या रोक्न विराटनगरका युवा जागे

<span class='c1'>आत्महत्या रोक्न विराटनगरका</span> <span class='c2'>युवा जागे</span>

विराटनगर कार्तिक ८, अहिलेका युवाहरुमा बढेको आत्महत्या गर्ने प्रबृत्तिलाई रोक्न विराटनगरका युवाहरु लागि परेका छन् । केही दिन अघि मात्रै झापामा २ युवाहरुको आत्महत्याको समाचारले प्रभावित भई विराटनगरमा आत्महत्या गर्नु मुर्खता हो भन्ने संदेशका साथ एन्टि सुसाइड अभियान सुरु गरिएको छ । अभियानले बुधबार विराटनगरमा जनचेतनामूलक र्याली समेत निकालेको छ । उक्त र्यालीमा युवाहरूले विभिन्न प्ले कार्ड हातमा लिएर आत्महत्याको बिरुद्ध नारा लिएर सडकमा आएका थिए । युवाहरुलाई जनचेतना जगाउन यस्तो अभियान सुरु गरिएको अभियन्ता संरक्षण देवकोटाले जानकारी दिए । आत्महत्याको विरुद्ध अन्य कार्यक्रम पनि छिट्टै गर्दै जाने उनलेे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्