नेकपा एमालेले कुनै पनि बहानामा चुनाव सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएको छ ।सत्तारुढ दलकै नेताले पटक पटक चुनाव सार्ने बहानामा सर्वोच्चको ढोका चहारेको भन्दै एमालेले कुनै पनि हालतमा चुनाव नसार्न चेतावनी दिएको छ ।
बिहीबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले यस्तो चेतावनी दिएको हो ।आगामी मंसिरका लागि तय भएको निर्वाचन मौसमका कारणले पनि पर सार्नु सम्भव र उचित नहुने भन्दै कुनै पनि प्राविधिक कारण देखाएर सार्ने बहाना नगर्न चेतावनी दिइएको छ ।यस्तो कार्य एमालेका लागि सह्य नहुने चेतावनी दिइएको छ ।