निर्वाचन विरोधी गतिविधि गर्ने विप्लव माओवादीका १० नेता कार्यकर्ता

<span class='c1'>निर्वाचन विरोधी गतिविधि गर्ने विप्लव</span> <span class='c2'>माओवादीका १० नेता कार्यकर्ता</span>

काठमाडौं । निर्वाचन विरोधी गतिविधि गर्ने नेत्रविक्रम चन्द विप्लव माओवादीका १० नेता कार्यकर्तालाई प्रहरीले दाङबाट पक्राउ गरेको छ  ।
मंसिर १० र २१ गते हुन लागेको निर्वाचनको विरुद्धमा वाल पेन्टिङ गर्दै हिँडेको अवस्थामा स्थानीय १० नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
“निर्वाचन हुनु हँुदैन भन्दै वाल पेन्टिङ गर्दै गरेको बेला उहाँहरुलाई हामीले नियन्त्रणमा लिएका छौं, आफूलाई विप्लव माओवादीका कार्यकर्ता बताउनु हुन्छ,” दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले बताइन् । पक्राउ परेका १० जनालाई प्रहरीले थुनामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्