मोरङ, कार्तिक ११
जिल्ला कारागार मोरङ विराटनगरमा कर्तब्य ज्यान मुद्धामा कैद भुक्तान गरी रहेको एक कैदीको शुक्रबार मृत्यु भएको छ।
मृत्यु हुनेमा उर्लाबारी नगरपालिका- ६ बस्ने ५७ बर्षिय टेक बहादुर दर्जी रहेका छन्।
कार्तिक ७ गते देखी अचानक स्वासप्रास्वास र मुटुको बिरामी भई कोशी अञ्चल अस्पताल विराटनगरमा लगी उपचार भई रहेको दर्जीको शुक्रबार साँझ ५ बजेतिर मृत्यु भएको प्रहरीले जानएको छ।