प्रतिनिधी र प्रदेशसभा निर्वाचनको मतगणनालाई छिटो सम्पन्न गर्ने गरी तयारी

<span class='c1'>प्रतिनिधी र प्रदेशसभा निर्वाचनको मतगणनालाई</span> <span class='c2'>छिटो सम्पन्न गर्ने गरी तयारी</span>

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले प्रतिनिधी र प्रदेशसभा निर्वाचनको मतगणनालाई छिटो सम्पन्न गर्ने गरी तयारी थालेको छ ।

स्थानीय तहको निर्वाचनमा मतगणना कार्य ढिलो र अव्यवस्थित भएको आरोप लागेपछि कार्यालयले मतदान अधिकृतहरु भन्दा पहिल्यै मतगणनामा खटिने जनशक्ति टुंगो लगाउने निर्णयमा पुगेको हो । विराटनगरमा आज आयोजित सर्वदलिय छलफलमा बोल्दै क्षेत्रीय निर्वाचन अधिकारी प्रेमप्रसाद संजेलले मतगणनामा खटिने कर्मचारीलाई मतदान अधिकृतलाई भन्दा पहिल्यै तालिम दिइने तयारी भइरहेकोे जानकारी दिनुभयो । निर्वाचन आयोगबाट मतगणनालाई प्रभावकारी बनाउन तालिम संचालनसम्बन्धि परिपत्र प्राप्त भइसकेको उहाँले जानकारी दिनुभयो ।

यसैबीच मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रतिनिधीसभाका ६ र प्रदेशका १२ वटै निर्वाचन क्षेत्रका लागि सूचना अधिकारी र अनुगमन अधिकृत तोकेको जानकारी दिनुभयो । त्यस्तै सहायक निर्वाचन अधिकृत नवराज दुलाललाई सुचना अधिकारी र केदारप्रसाद गौतमलाई आचारसंहिता लगायतका बिषयमा नियमित अनुगमन गर्नेगरी अनुगमन अधिकृत तोकिएको कार्यक्रममा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्