खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई घर नम्बर वितरण

<span class='c1'>खोला किनारमा बसोबास गर्दै आएका</span> <span class='c2'>सुकुम्बासीहरुलाई घर नम्बर वितरण</span>

अव्यवस्थित रुपमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई व्यवस्थित गर्न धरान उपमहानगरपालिकाले घर नम्बर वितरण शुरु गरेको छ ।
धरान उपमहानगरपालिकाले खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई घर नम्बर वितरण गरि करको दायरामा ल्याएको हो । नेपालमै पहिलो पटक धरान उपमहानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सुकुम्बासीहरुलाई व्यवस्थित गर्दै धनीपुर्जा वितरण गर्ने पहिलो आधार तय गरेको छ । घर नम्बर वितरणले सुकुम्बासीहरु वैधानिक रुपमा नगरको नागरिक भएको भन्दै बस्तीवासीहरुले खुशी व्यक्त गरेका छन् ।

धरान उपमहानगरपालिकाको वडा नम्बर १३ मा रहेको राईटोलका सुकुम्बासीहरुलाई उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले घर नम्बर वितरण गर्दै अभियानको शुरुवात गर्नु भएको हो । धरान उपमहानगरपालिकाका विभिन्न वडामा ८२ सुकुम्बासी बस्तीमा १२ हजार २ सय ६६ घर रहेका छन् । सबै बस्तीका सुकुम्बासीहरुलाई वडा कार्यालय मार्फत घर नम्बर वितरण गरिने उपमहानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्